२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पशुपति प्रसाद २: भष्मे डन’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं। विपिन कार्की स्टारर फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ ।

बिहीबार जनैपूर्णिमाको अवसर पारेर चलचित्रले ‘दुई चुल्ठी बाटन’ बोलको गीत यूट्युवमा सार्वजनिक गरेको हो ।

विपिन कार्की, आँचल शर्मा र निश्चल खड्काको नृत्य रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर दिएका छन् । आँचल र निश्चललाई सिनेमाको यही गीतमा मात्रै विशेष भुमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ । बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत रहेको उक्त गीतको कोरियोग्राफी प्रविन सिंहको रहेको छ ।

आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको सिनेमा दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्मको निर्माता समेत रहेका खगेन्द्र लामिछानेको लेखन रहेको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको अभिनय रहेको छ ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।