• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

दक्षिण अफ्रिकाको एउटा भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु



जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक बहुतले भवनमा भएको भीषण आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको आपत्कालीन व्यवस्थापन सेवाले जनाएको छ । प्रवक्ता रोबर्ट मुलाउड्जीले उद्धार र राहत कार्य जारी रहेको र मृतकको संख्या अझै बढ्न सक्ने बताए ।

अधिकारीहरूले आगोलाई धेरै हदसम्म नियन्त्रणमा लिइसकेको बताए पनि कालो भएको भवनको झ्यालबाट धुवाँ निस्किरहेको छ।

दक्षिण अफ्रिकाको सार्वजनिक प्रसारक एसएबीसीले जोहानेसबर्गमा रहेको उक्त भवन पाँच तले अग्लो रहेको बताएको छ।

सीएनएनले एसएबीसीलाई उद्धृत गर्दै आगो निभाउने प्रयास जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एउटा भवनको भुइँ तल्लामा सुन्तला रङको ठूलो आगो लागेको देखिन्छ।

बाहिर ठूलो संख्यामा मानिसहरु दौडिरहेको देखिन्छ । ट्वीटको एक श्रृंखलामा आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले धेरै व्यक्तिको उपचार भइरहेको र केहीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको बताए ।

एसएबीसीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको कारण भूकम्प हुन सक्ने बताइएको छ ।

उद्धारकर्मीहरूले मानिसहरूलाई उद्धार गर्न निरन्तर खोजी कार्य जारी राखेका छन्। मृत्यु हुनेमा एक बालक पनि रहेका छन् । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार यो भवनमा कम्तीमा २०० जना मानिस बस्थे ।