४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दक्षिण अफ्रिकाको एउटा भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एउटा भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु
अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक बहुतले भवनमा भएको भीषण आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको आपत्कालीन व्यवस्थापन सेवाले जनाएको छ । प्रवक्ता रोबर्ट मुलाउड्जीले उद्धार र राहत कार्य जारी रहेको र मृतकको संख्या अझै बढ्न सक्ने बताए ।

अधिकारीहरूले आगोलाई धेरै हदसम्म नियन्त्रणमा लिइसकेको बताए पनि कालो भएको भवनको झ्यालबाट धुवाँ निस्किरहेको छ।

दक्षिण अफ्रिकाको सार्वजनिक प्रसारक एसएबीसीले जोहानेसबर्गमा रहेको उक्त भवन पाँच तले अग्लो रहेको बताएको छ।

सीएनएनले एसएबीसीलाई उद्धृत गर्दै आगो निभाउने प्रयास जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एउटा भवनको भुइँ तल्लामा सुन्तला रङको ठूलो आगो लागेको देखिन्छ।

बाहिर ठूलो संख्यामा मानिसहरु दौडिरहेको देखिन्छ । ट्वीटको एक श्रृंखलामा आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले धेरै व्यक्तिको उपचार भइरहेको र केहीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको बताए ।

एसएबीसीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको कारण भूकम्प हुन सक्ने बताइएको छ ।

उद्धारकर्मीहरूले मानिसहरूलाई उद्धार गर्न निरन्तर खोजी कार्य जारी राखेका छन्। मृत्यु हुनेमा एक बालक पनि रहेका छन् । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार यो भवनमा कम्तीमा २०० जना मानिस बस्थे ।