२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो– बाबुराम भट्टराई



फाइल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा भएको बताउनुभएको छ ।

एसिया क्रिकेट कपमा बुधबार भएको खेलमा पाकिस्तानसँग दयनीय प्रदर्शन गरेको नेपालको खेलप्रति टिप्पणी गर्दै उहाँले नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरियतामा अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुने बताउनुभयो।

अझै अर्को साँढे भारतसँग जुध्न र सिक्न बाँकी छ भन्दै उहाँले आफू क्रिकेटको विज्ञ नभै जिज्ञासु÷दर्शक मात्र भएकाले केही सुझावसमेत दिनुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली टिमलार्य कम्तीमा पनि ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्न र फिल्डिङमा अझै चुस्तता बढाउन सुझाव दिनुभएको छ । उहाँका अनुसार यसले अझै बढी सिक्न पाइने र आत्मविश्वास बढ्ने बताउनुभएको छ ।

उहाँले नेपाली क्रिकेट खेलाडीहरुलाई बाच्छो हुर्केर साँढे बन्छ र साँढे बूढो हुँदै जान्छ भन्ने चिनियाँ नेता देङ सियाओ पिङको उक्तिलाई आत्मसात गर्दै धैर्य गर्नसमेत आग्रह गर्नुभएको छ ।