४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने
अ+ अ-

काठमाडौँ । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ ।

शुक्रवारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरु चलाउन नपाइने भएको हो । यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रि स्कुटर, अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरे ।

इलेक्ट्रिक स्कुटर सार्वजनिक रुपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा शुरु गरिएको थियो । एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताउनु भयो । मेट्रो र आफैँ निजी सवारी चलाउन नसक्नेहरुका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको बताउनु भयो ।

अर्का एक स्थानीयले इलेक्ट्रिक स्कुटर आरामदायी रहेको बताउनु भयो । उहाँले नजिकैको स्थानमा घुम्नको लागि यो एकमात्र सही साधन भएको बताउनु भयो । केही दुर्घटना हुनेकुरा सामान्य भएको र त्यसलाई कम गद लैजान सकिने उहाँको मनाइ थियो । सार्वजनिक यातायात सबै बन्द भइसकेपछि इलेक्ट्रिक स्कुटर नै एकमात्र माध्यम बन्ने बताउनु भयो । ट्याक्सी भन्दा सस्तो भएकाले यसले धेरै मानिसहरुलाई सहज बनाउने बताउनु भयो । उहाँले शहरमा किन सार्वजनिक विद्युतीय स्कुटरमा प्रतिवन्ध लगाइएको हो भन्नेकुरा आफूले बुझ्न नसकेको बताउनु भयो । ई.स्कुटर प्रतिवन्ध लगाउनु राम्रो विचार नभएको बताउनु भयो ।

अर्का एक वासिन्दाले भने ई. स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिवन्ध लगाउनु राम्रो भएको बताउनु भयो ।

ई.स्कुटर प्रतिवन्ध लगाउँदा पैदल यात्रु दुर्घटनाबाट बच्ने उहाँको भनाइ छ । ई स्कुटर चलाउनेले ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएकाले यो निर्णय गरिएको हुनसक्ने बताउनु भयो ।