११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने



अ+ अ-

काठमाडौँ । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ ।

शुक्रवारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरु चलाउन नपाइने भएको हो । यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रि स्कुटर, अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरे ।

इलेक्ट्रिक स्कुटर सार्वजनिक रुपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा शुरु गरिएको थियो । एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताउनु भयो । मेट्रो र आफैँ निजी सवारी चलाउन नसक्नेहरुका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको बताउनु भयो ।

अर्का एक स्थानीयले इलेक्ट्रिक स्कुटर आरामदायी रहेको बताउनु भयो । उहाँले नजिकैको स्थानमा घुम्नको लागि यो एकमात्र सही साधन भएको बताउनु भयो । केही दुर्घटना हुनेकुरा सामान्य भएको र त्यसलाई कम गद लैजान सकिने उहाँको मनाइ थियो । सार्वजनिक यातायात सबै बन्द भइसकेपछि इलेक्ट्रिक स्कुटर नै एकमात्र माध्यम बन्ने बताउनु भयो । ट्याक्सी भन्दा सस्तो भएकाले यसले धेरै मानिसहरुलाई सहज बनाउने बताउनु भयो । उहाँले शहरमा किन सार्वजनिक विद्युतीय स्कुटरमा प्रतिवन्ध लगाइएको हो भन्नेकुरा आफूले बुझ्न नसकेको बताउनु भयो । ई.स्कुटर प्रतिवन्ध लगाउनु राम्रो विचार नभएको बताउनु भयो ।

अर्का एक वासिन्दाले भने ई. स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिवन्ध लगाउनु राम्रो भएको बताउनु भयो ।

ई.स्कुटर प्रतिवन्ध लगाउँदा पैदल यात्रु दुर्घटनाबाट बच्ने उहाँको भनाइ छ । ई स्कुटर चलाउनेले ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएकाले यो निर्णय गरिएको हुनसक्ने बताउनु भयो ।