२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकालाई सिरिया–इराकको चेतावनी: हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू



अ+ अ-

एजेन्सी । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

बुधवार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् । सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संवद्ध बिद्रोही समूहहरु अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपुर्‍याउन आग्रह गर्नुभयो । उहाँले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिनुभयो । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानूनअनुरुपको नभएको बताउनु भयो ।

सिरियाली विपक्षी कार्यकर्ताहरुले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ ।