• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ: विष्णुप्रसाद पौडेल ★   काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ ★   दमौलीमा आगलागी: क्षतिको विवरण सङ्कलन गरिँदै ★   कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री ★   काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालको विश्वास मत माग्ने प्रक्रिया शुरु ★   बालेनले सार्वजनिक गरे गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिने खोज्नेहरुको नाम ★   कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित ★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

ग्लोबल आइएमई बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु एक करोड सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । 

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा।डा। भगवान कोइराला बीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पताल जस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महशुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

इन्स्टिच्युटका अध्यक्ष डा। कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टिकृत अस्पतालको निर्माण गर्न गइरहेको बताउनुभयो ।

साथै यस इन्स्टिट्युटले बाँकी अन्य प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालन गर्न गइरहेको उहाँले बताउनुभयो । डा. कोइरालाले बैंकले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भुमिका खेल्ने जनाउँदै बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको छ ।