२९ श्रावण २०८३, शुक्रबार
,
Latest
भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल सुजाता कोइरालाले भनिन्ः ‘देउवाले पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’ धवलले गरे ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह ‘त्रिभुज’ युवाले जलवायु परिर्वतनलाई गहिराइबाट बुझ्नुपर्छः डा.महेश्वर ढकाल मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन् नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ: विष्णुप्रसाद पौडेल



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतमाथिको छलफलका भाग लिँदैं उहाँले सो कुरा बताउनुभएको हो । उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढन पनि आग्रह गर्नुभयो । उहाँले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताउनु भयो । त्यस अवसरमा उपध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सम्माननीय प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाललाई अग्रिम रुपमा बधाई भन्न चाहन्छु–तपाईले हिजो भन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यु तपाई दह्रो कदमका साथ अघि बढ्नुहोला । सिंगो सदनको तपाईलाई साथ हुनेछ । सिंगो राष्ट्रको साथ हुनेछ । आम नेपालीले साथ दिनेछन । र, यो प्रतिनिधिसभाले निर्वाचित गरेको यो सरकारले पूरा कार्यकाल पूरा गर्नेछ । यही विश्वासका साथमा नेकपा एमाले लगायत सरकारकामा सहभागी सबै राजनीतिक दलहरुको तर्फबाट विश्वासको मत प्रदान गरिने व्यहोरा अनुरोध गर्दछु ।’

उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी पनि गर्नुभयो ।