१८ भाद्र २०८३, बिहीबार
,
Latest
एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको भएपनि काँग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो ।

सभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गर्नुभयो । तर काँग्रेस सांसदहरुले बैठकमा नाराजुलुस गरेर वेल घेराउ गरे ।

काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ । आजको बैठकमा सभामुखले सरकारी कार्यसूचिमा प्रवेश गर्न लागेसँगै काँग्रेस सांसदहरुले वेल घेराउ गर्न पुगेका थिए ।

काँग्रेसको अवरोध गरेसँगै सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।