२५ जेष्ठ २०८३, सोमबार
,
Latest
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर र इफ्तिखारको शतकमा पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लािग तीन सय ४३ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको हो । पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रनको योगफल बनायो ।

विश्व वरियताको नम्बर एक ब्याटर बाबरले सर्वाधिक एक सय ५१ रनको योगदान दिए । उनले एक सय ३१ बलमा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रनको योगदान दिएका हुन । बाबरलाई नेपालका सोमपाल कामीको बलमा सन्दीप जोराले खेल सकिन दुई बल बाँकी छँदा आउट गराएका हुन् ।

यसैगरी बाबरले ४१ दशमलव २ ओभरमा आफ्नो करियरको १९औँ शतक प्रहार गरेका हुन् । बाबरले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीलाई दुई रन हान्दै शतक बनाएका थिए ।

त्यस्तै इफ्तिकरले आफ्नो करियरकै उच्च रन बनाए । उनले ७१ बलमा अविजित एक सय नौ रनको योगदान दिए । यसअघि न्युजिल्यान्डविरुद्ध उनले ९४ रन बनाएका थिए । दुवै खेलाडीले चौथो विकेटको लागि एक सय ३० बलमा दुई सय १४ रनको बलियो साझेदारी गरेका थिए ।

यसैगरी नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले पाँच दशमलव तीन ओभरमा सुरुआती ब्याट्सम्यान फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकासहित १४ रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उलहकलाई गुमाएको थियो । उनी व्यक्तिगत पाँच रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेलले इमानलाई आउट गराएका हुन् । फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरेका हुन् ।

तेस्रो विकेटको रूपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । पचास रनमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराए ।

रिजवान र कप्तान बाबरले तेस्रो विकेटका लागि एक सय सात बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो ।

चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका आघा सलमान कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । त्यस्तै अन्तिम बलमा नेपालका सोमपाल कामीले पाकिस्तानका सदाम खानलाई आउट गराए । सदामले चार रन बनाएका थिए ।

नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो ।