१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहामा बसेको एमाले सचिवालय बैठकले के निर्णय गर्‍यो ?



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सिराहाको अम्बास क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने भएको छ । बुधवार नेता मदन भण्डारीलाई महासचिव चयन गरेको स्थान अम्बासमा बसेको पार्टीको सचिवालय बैठकले जनतासँग मिलेर सो स्थानको पूर्वाधारका काम गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको एमालेको ठहर । बैठकपछि विज्ञप्ति जारी गर्दैप्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भनेका छन्, ‘समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ । यतिबेला जनताले भोग्नु परिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ’ ।

बैठकले मदन भण्डारीले गरेको योगदानको गर्व गर्दै उच्च मूल्याङ्कन समेत गरेको छ । ‘यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ।’,नेकपा एमालेले भनेको छ, ‘यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति:

Press-statement-Bhadra-13-1