काठमाडौँ । एसिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । मुल्तान क्रिकेट रंगशालामा जारी खेलमा पाकिस्तानका मोहम्मद रिजवान आउट भएका हुन् ।
५० बलमा ४४ रन जोडेका रिजवान रनआउट हुन पुगे । यो समाचार तयार पार्दासम्म पाकिस्तान १५ ओभरमा ३ विकेटको क्षतिमा ११६ रनको स्थितीमा छ ।