२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

नेपाल वायुसेवाको इलामको सुकिलुम्बामा सफल परीक्षण उडान

नेपाल वायुसेवाको इलामको सुकिलुम्बामा सफल परीक्षण उडान
अ अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । निगमले आज एक प्रेस विज्ञप्ति जारी गरी निगमको ट्विन अट्टर (नाइन एन एबीटी) विमानद्वारा काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः०५ बजे उडी इलामको सुकिलुम्बा विमानस्थलमा बिहान १०ः०२ बजे अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको जनाएको छ । 

उक्त परीक्षण उडानको प्रतिवेदन तयार भएपश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको तयारीको प्रक्रिया अघि बढाउने विज्ञप्तिमा उल्लेख छ ।

सफल परीक्षण उडान सम्पन्न भएकामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापनका तर्फबाट चालकदल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसहित सम्पूर्ण प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

 सो बिमानस्थलमा  आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन । 

विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा  अवतरण गरेको थियो । ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ ।

विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ ।