४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा मुछिएका कृष्णबहादुर महराका छोरा राहुल सीआईबीमा हाजिर



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीसमक्ष हाजिर भएका छन् ।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप लागेका राहुलले सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् । राहुलले फेसबुकमा लेखेका छन् ,‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’।

अहिले राहुल सीआईबीको नियन्त्रणमा रहेको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए ।

सीआईबीले सुन प्रकरणमा हालसम्म २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।