१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा मुछिएका कृष्णबहादुर महराका छोरा राहुल सीआईबीमा हाजिर



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीसमक्ष हाजिर भएका छन् ।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप लागेका राहुलले सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् । राहुलले फेसबुकमा लेखेका छन् ,‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’।

अहिले राहुल सीआईबीको नियन्त्रणमा रहेको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए ।

सीआईबीले सुन प्रकरणमा हालसम्म २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।




भर्खरै