१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले टस जित्यो, नेपाल पहिले फिल्डिङमा



अ+ अ-

काठमाडौँ । एसिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा केहीबेरमै सुरु हुँदैछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र पाकिस्तानबीच यो पहिलो भेट हो ।

गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले आज पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।