४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल र पाकिस्तानबीचको खेल दमौलीमा प्रत्यक्ष प्रशारण गरिने

नेपाल र पाकिस्तानबीचको खेल दमौलीमा प्रत्यक्ष प्रशारण गरिने
अ+ अ-

काठमाडौँ । आज बुधबारदेखि हुन लागेको एसिया कप हेर्न देश तथा विदेशमा रहेका नेपाली दर्शकहरु आतुर छन् । एसिया कपको उबद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ ।

नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तानबीच आज पहिलो भेट हुनेछ ।

उक्त उद्घाटन खेल तनहुँको दमौलीस्थित हेल्थपोस्ट चौरमा प्रत्यक्ष प्रशारण गरिँदैछ । तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाको पहलमा खेल प्रत्यक्ष प्रशारण गरिने भएको हो ।

यसैबीच, पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिएको छ ।

व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ ।

खेलप्रति आकर्षण बढ्ने तर मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेलमैदानको पूर्वाधार निर्माण गर्न लागिएको तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।

खेल हेर्न जनकपुर उपमहानगरपालिकाद्वारा २ बजेपछि विद्यालय बिदा

एसिया कप क्रिकेट, २०२३ हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन् ।

विद्युत् प्राधिकरणले एकदिन पछि सार्यो सटडाउनको तालिका

एसिया कपका लागि नेपाल विद्युत् प्राधिकरण उर्लावारी वितरण केन्द्रले सटडाउनलाई एक दिन पछि सारेको छ ।

बुधबार बिहान सूचना जारी गर्दै केन्द्रले एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने समयमा सटडाउन भएकाले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै सटडाउन एक दिन पछि सारिएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘यस नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्र अन्तर्गत तपसिलमा उल्लेख गरिएको स्थानहरुमा आज हुने विद्युत आपुर्ति बन्दको समयमा एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने भएकोले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै उक्त सटडाउन तालिका परिवर्तन गरी भदौ १४ गतेका लागि तपशिल अनुसार हूने व्यहोरा जानकारी गराइन्छ।’