४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रिय लोकमार्गको दुरावस्था: यात्रुलाई सास्ती

राष्ट्रिय लोकमार्गको दुरावस्था: यात्रुलाई सास्ती
अ+ अ-

बागलुङ । सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् ।

यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । २५ किलोमिटर सडक कालोपत्र गर्नका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई खण्ड बनाएर ठेक्का लगाएको थियो ।

बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्स्ट्रक्सन सिद्धिसाई जेवीसँग विसं २०७३ माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर कालोपत्रका लागि एमपिएससिएफ इसिसी जेभीसँग विसं २०७२ माघमा सम्झौता भएको थियो ।

बागलुङ–ताराखसे खण्ड विसं २०७६ माघसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म चार पटक म्याद थप गर्दा पनि ७२ प्रतिशत भौतिक प्रगति भएको लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । यसको म्याद गत असार २० मा सकिएको थियो । त्यस्तै, ताराखसे–घोडाबाँधे खण्ड पाँच वर्षअगाडि नै सक्नुपर्नेमा पाँचौँ पटक म्याद थप गर्दा पनि ७४ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पवन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डको म्याद गत असार ५ गते सकिएको हो ।

बागलुङ–ताराखसे खण्ड निर्माणका लागि रू ४० करोडमा सम्झौता भएको थियो भने ताराखसे–घोडाबाँधे खण्डका लागि रू ३४ करोडमा सम्झौता भएको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । आयोजना कार्यालयले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ । ठेक्का सम्झौता अन्त्य भए पनि अहिलेसम्म नयाँ ठेक्का प्रक्रिया अगाडि बढ् नसकेको बताउँदै नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

“माथिल्लो खण्डको काम निर्माण कम्पनीले ढिला सुस्ती गरेकाले कार्यालयले पत्रिकामा सूचना निकालेर सम्झौता रद्द गरेको छ । सम्झौता रद्द गरेपछि निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । हामी गएर जफाफ दियौँ, अदालतले स्टेअडर दिएन,” इन्जिनियर सुवेदीले भन्नुभयो, “अब कामको मूल्याङ्कन गरेर नयाँ ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ, त्यसका लागि लाग्ने सबै लागत पुरानै निर्माण कम्पनीले असुल गर्नुपर्ने हुन्छ । अहिले मूल्याङ्कन गर्ने र कम्पनीलाई लाग्ने लागत असुली गर्ने प्रक्रिया सुरु भएको छ ।”

लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयवासीले सडक नै अवरुद्ध गरेका थिए । इन्जिनियर सुवेदीले सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्द गर्ने स्थितिमा पुगेको भन्दै यस खण्डअन्तर्गत छ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी दिनुभयो । थप दुई किलोमिटर कालोपत्रका लागि तयारी अवस्थामा रहेको जनाउँदै चार किलोमिटर ग्राभेलको काम र दुई किलोमिटर नाली निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

इन्जिनियर सुवेदीका अनुसार तल्लो बागलुङ–ताराखसे खण्डको हालसम्म सात किलोमिटर कालोपत्र भएको छ । एक किलोमिटरमा कालोपत्र गर्न तयारी अवस्थामा रहेको, पाँच किलोमिटर सडक फराकिलो गरी ग्राभेल र कालोपत्र गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

यस खण्डको ठेक्का सम्झौता अन्त्यका लागि तयारी गरे पनि सरकारले सार्वजनिक खरिद निवामावलीको १२औँ संशोधन नियम १२० (क) बमोजिम म्याद थप भएका ठेक्काको सम्बन्धमा विभिन्न कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकामा सम्बन्धित कार्यालय प्रमुखले एक पटकसम्मलाई म्याद थप सक्ने भनेअनुसार पत्र आएको हुँदा रोकिएको इन्जिनियर सुवेदीले बताउनुभयो । स्थानीय र पालिकाले यस खण्डको काम निर्माण कम्पनीलाई अन्तिम पटक दिइने सहमति भएको उहाँको भनाइ थियो ।

स्थानीय र यात्रुले भने दुई खण्डका निर्माण कम्पनीलाई कारबाही गरी नयाँ सम्झौता गर्नुपर्ने माग गर्दै आएका छन् । बर्खाका कारण सडकको अवस्था बिजोग रहेको भन्दै यात्रा गर्न निकै गाह्रो भएको यात्रु दिलबहादुर क्षेत्रीले बताउनुभयो । कच्ची सडकबाट भल बगेर कालोपत्र सडकसमेत क्षतविक्षत भएको भन्दै आधा घण्टा लाग्ने दूरीमा अहिले दुई घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । सडकमा नाली नहुँदा वर्षाको भल सडकको बीच भागबाट बग्दा ठूला–ठूला खाल्डो परेको क्षेत्रीले बताउनुभयो ।

“घोडाबाँधेदेखि बागलुङ बजारको दूरी जम्मा २५ किलोमिटर हो, यो दूरीमा समय लाग्ने भनेको आधा घण्टा हो तर सडकको अवस्था खराब हुँदा दुई घण्टा लाग्छ, सडक खोला जस्तो भनेको छ, ठूलो पानी पर्दा भल भग्छ, भलले गाडी नै बगाउला जस्तो गर्छ”, उहाँले भन्नुभयो, “यस्तो सडकमा ज्यान धरापमा राखेर यात्रा गर्नुपर्छ, यो अहिलेको मात्रै समस्या होइन, २०औँ वर्षभन्दा बढी भयो, धेरै पटक यस क्षेत्रबाट सांसद भने मन्त्री बने तर यति बाटो बनाउन सकेनन् ।”

स्थानीय पवन कँडेलले बर्खाको समयमा हिलो र हिउँदमा धुलो घरभित्रै आउने हुँदा सडक नजिकका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाउनुभयो । यति बेला लोकमार्ग आसपासका घर र बारीमा भएका फलफूल सबै सडकबाट उछिट्टिएका हिलोले पुरिएको बताउनुभयो । दैनिक सयौँ गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेको भन्दै स्थानीय पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । रासस