• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

एसिया कप: खेल हेर्न जनकपुर उपमहानगरपालिकाद्वारा २ बजेपछि विद्यालय बिदा



काठमाडौँ । एसिया कप क्रिकेट, २०२३ हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन् ।

आज ३:१५ मा पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा नेपाल र पाकिस्तानबीच उद्घाटन खेल हुँदैछ ।