२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालाण्डले जिते पीएफए वर्ष खेलाडीको अवार्ड



अ+ अ-

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डले पीएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने उक्त अवार्डबाट हालाण्ड पुरुषतर्फको विजेता घोषित भएका हुन् ।

युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गरे । नर्वेका फरवार्ड हालाण्डले गत सिजन सिटिले ट्रेबल उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिटीका लागि सबै प्रतियोगिता गरी ५२ गोल गरेका थिए ।

हालाण्डले सिटीकै केभिन डी ब्रुएना र जोन स्टोन्ससहित आर्सनलका साका र मार्टिन ओडेगार्ड तथा बायर्न म्युनिखका आबद्ध भएका टोटेनहमका तत्कालीन खेलाडी ह्यारी केनलाई पछि पारे ।

हालाण्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए । यसअघिको सिजनको अवार्ड लिभरपुलका मोहम्मद सलाहले पाएका थिए । सन् १९९३ देखि यो अवार्ड प्रदान गरिँदै आएको छ ।