१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांकद्वारा कारागार पुगेर बालकृष्ण खाँणसँग भेट



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग भेट गर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेता कोइरालाले कारागारमै गएर भेट्नुभएको हो ।

खाँणलाई भेट्न बुधबार बिहान ९:१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुग्नुभएको थियो । उहाँसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको बताइएको छ । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

थुनामा रहेका खाँणलाई यसअघि कांग्रेस नेताहरु डा शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि भेटिसक्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ पर्नुभएको हो । जिल्ला अदालत काठमाडौंको आदेशमा उहाँलाई १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।




भर्खरै