२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु भएको छ ।

बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु भएको हो ।

बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए ।

जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह हुनुहुन्छ । त्यस्तै अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली काँग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली काँग्रेसकी डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान हुनुहुन्छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् हुनुहुन्छ । सभापतिसँगको सभामुखको छलफलमा नेकपा (एकीकृत समाजवादी) का शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव भ्ने उपस्थित हुनुभएको छैन ।