३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले शीर्ष नेता चढेका बुद्ध एयरको जहाज अवतरण गर्न नसकेर काठमाडौं नै फर्केपछि…



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्केको छ ।

बुद्ध एयरको उडान नम्बर ५०१ जहाज ९ एन एजेडओ जहाज जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने बेलामा समस्या देखिएपछि काठमाडौं फर्काइएको कम्पनीले जनाएको छ ।

सो जहाजमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा लगायतका नेताहरु बैठकका लागि सिरहा जाँदै थिए । अहिले उनिहरुलाई बुद्ध एयरको अर्को जहाजमा पठाइएको कम्पनीले जनाएको छ ।

सचिवालय बैठकमा सहभागि हुन नेताहरु त्यसतर्फ जादै थिए । सिराहा धनगढीमाई नगरपालिका–४, सर्रे अम्वासमा रहेको चौथौँ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।