४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा

ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपालजस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो पुण्य भूमिलाई दुषित गरेको बताउनु भयो । उहाँले जति दुषित, घुसखोरी, भ्रष्टाचार गरेपनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपालमा अपार जलश्रोतको सम्भवना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताउनु भयो । उहाँले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठूला पार्टीले मुलुक चलाइरहेका छन्, आफूलाई ठूला पार्टी भन्नेहरुले यस्तो पुण्य भूमिलाई कताकता अलि दुषित गरेका छन् । तर हेर्नुहोस्, जति जे गरेपनि, जति घुसखोरी, भ्रष्टाचार गरेपनि यो पुण्य भूमिको यसको सम्भावना कसैले बिगार्न सक्दैन । यहाँ अपार जलश्रोत, यहाँ अन्य किसिमको हबहरु छन् । यहाँको अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको छ । के छैन नेपालमा ? त्यसैले यो मुलुकलाई कसैले दुषित गर्न सक्दैन । तर हामी हिन्दु, बुद्ध, जैन सम्पूर्ण थरका मान्छे जम्मा हुनुपर्छ, बुढा किराँत, सम्पूर्ण एक ठाउँमा आउनुपर्छ ।’

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले देशमा सद्भाव बनाउन नेपालीहरुलाई नेपाली भाषा, सामाजिक संरचनामा र संस्कृतिमा रहेर बुझाउनुपर्ने बताउनु भयो । उहाँले नेपालमा हजारौँ वर्षपूर्व नै सूर्यको ध्वनी पहिचान गरेर ओंकार ध्वनी उच्चारण गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालीहरु बिना मियोको दाइँ जस्तो भएका छन् । हामी अल्मिलिएका छौँ । सद्भाव बनाउन नेपालीहरुलाई नेपालीकै भाषामा सामाजिक संरचनामा र संस्कृतिमा कुन तन्तुले अड्याएको छ, त्यसलाई बुझेर हामीले विश्व हिन्दु महासंघले धर्म, संस्कृतिको विशलेषण गर्नुपर्छ । हामीले सूर्यको ध्वनी पहिचान गरेर ओंकार गायौँ । अहिले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गर्नुभएको थियो ।’

संस्कृतिविद् गुरुङले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गर्नुभएको उल्लेख गर्नुभयो ।