२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको हो: प्रदीप यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उहाँले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको हो । उहाँले गौर हत्याकाण्ड प्रभु साहकै उक्सावटमा भएको पनि बताउनुभयो । त्यस्तै वीरगञ्जको कासि तिवारीको हत्या मुद्दापनि प्रभु साहमाथि रहेको भन्दै उहाँले सो मुद्दाको पनि प्रक्रिया अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जसको घर सिसाको हुन्छ । अरुमाथि ढुंगा चलाउन कोशिस नगरे हुन्छ । प्रभु साह आफैँको धेरै मुद्दाहरु छन् । वीरगञ्जमा कासि तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधिन छ । अदालतमा छ । सुरक्षित छ । राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । गौर हत्याकाण्ड दु:खदायी घटना भयो । त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो । उहाँको उक्सावटमा यो घटना भएको हो । त्यो बेलाको आयोगहरु बनेको थियो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपरो सरकारले । आयोगको प्रतिवेदनले दोषि देखाए स्वीकार्छौं ।’

उहाँले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । प्रतिवेदनले आफ्ना नेताहरुलाई दोषि देखाएको भएपनि स्वीकार्न तयार रहेको उहाँको भनाई छ ।