४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको हो: प्रदीप यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उहाँले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको हो । उहाँले गौर हत्याकाण्ड प्रभु साहकै उक्सावटमा भएको पनि बताउनुभयो । त्यस्तै वीरगञ्जको कासि तिवारीको हत्या मुद्दापनि प्रभु साहमाथि रहेको भन्दै उहाँले सो मुद्दाको पनि प्रक्रिया अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जसको घर सिसाको हुन्छ । अरुमाथि ढुंगा चलाउन कोशिस नगरे हुन्छ । प्रभु साह आफैँको धेरै मुद्दाहरु छन् । वीरगञ्जमा कासि तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधिन छ । अदालतमा छ । सुरक्षित छ । राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । गौर हत्याकाण्ड दु:खदायी घटना भयो । त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो । उहाँको उक्सावटमा यो घटना भएको हो । त्यो बेलाको आयोगहरु बनेको थियो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपरो सरकारले । आयोगको प्रतिवेदनले दोषि देखाए स्वीकार्छौं ।’

उहाँले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । प्रतिवेदनले आफ्ना नेताहरुलाई दोषि देखाएको भएपनि स्वीकार्न तयार रहेको उहाँको भनाई छ ।