• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

इमरान खानलाई ठूलो राहत, इस्लामावाद उच्च अदालतले सजाय रोक्दै तुरुन्त जेलबाट रिहा गर्न आदेश



इस्‍लामाबाद । पाकिस्तानको राजधानी इस्लामावादको उच्च अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई ठूलो राहत दिएको छ । उच्च अदालतले इमरान खानको सजायमा रोक लगाउँदै तत्काल रिहा गर्न आदेश दिएको छ ।

उच्च अदालतको दुई सदस्यीय इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । उनलाई ५ अगस्टमा गिरफ्तार गरी अटक जेलमा राखिएको थियो ।

इमरान खानलाई यसअघि तोशाखाना मुद्दामा ३ वर्षको जेल सजाय सुनाइएको थियो । तर, इमरान खानलाई अर्को मुद्दामा पनि पक्राउ गर्न सकिने बताइएको छ ।

इस्लामाबाद उच्च अदालतले खानको मुद्दामा विस्तृत निर्णयपछि जारी गर्ने बताएको छ। अदालतको फैसला खानका लागि ठूलो कानुनी विजय हो । तोशाखाना मुद्दामा दोषी ठहर भएपछि उनलाई चुनाव लड्न पनि प्रतिबन्ध लगाइएको थियो ।

पाकिस्तानमा यो वर्षको अन्त्यमा वा अर्को वर्षको सुरुमा आम निर्वाचन हुन लागेको छ । सेनाले कुनै न कुनै रूपमा इमरान खानलाई यस चुनावी प्रक्रियाबाट बाहिर राख्न खोजिरहेको छ तर उनी फेरि एकपटक बलियो साबित भएका छन् । यसअघि अमेरिकाले पनि उनको पक्षमा आवाज उठाएको थियो ।

के हो तोशाखाना भ्रष्टाचार मुद्दा ?

यसअघि तोशाखाना भ्रष्टाचार मुद्दामा प्रधानन्यायाधीश अमिर फारुक र न्यायाधीश तारिक महमुद जहाँगिरीको संयुक्त इजलासले सोमबार दुवै पक्षको बहस सुनेर रिट निवेदनमाथिको निर्णय सुरक्षित राखेको थियो । डिभिजन बेन्चले पछि मंगलबार फैसला सुनाउने बताएको थियो।

अब उच्च अदालतले आफ्नो फैसलामा इमरान खानलाई राहत दिएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी ९पीटीआई० का अध्यक्ष ७० वर्षीय खानलाई अगस्ट ५ मा इस्लामाबादको एक सत्र अदालतले तोशाखाना भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको थियो।

क्रिकेटरबाट राजनीतिज्ञ बनेका उनलाई सन् २०१८ र २०२२ को बीचमा उनी प्रधानमन्त्री हुँदा उनी र उनको परिवारले प्राप्त गरेको राज्य उपहार अवैध रूपमा बेचेको आरोपमा सजाय सुनाइएको थियो।

पीटीआई प्रमुखलाई आगामी निर्वाचनमा भाग लिन नपाउने गरी आगामी पाँच वर्षसम्म राजनीतिक गतिविधिमा भाग लिन पनि प्रतिबन्ध लगाइएको छ । तल्लो अदालतको फैसलालाई इमरानले इस्लामाबाद उच्च अदालतमा चुनौती दिएका छन् ।