२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ



अ+ अ-

तनहुँ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको ऋषिङ गाउँपालिकास्थित ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई जिल्ला प्रहरी कार्यालयले प्रकाउ गरेको हो ।

ऋषिङ–७ का थापाले गत साउन ३१ गते बालिकालाई उनकै घरमा गई बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालिका बलात्कारको घटना सार्वजानिक भएपछि मिलापत्रका लागि गाउँपालिकाका जनप्रतिनिधिको रोहबरमा बैठकसमेत बसेको बताइएको छ ।

सो बैठकमा आरोपितले घटनाको मिलापत्रका लागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव गरे पनि पीडित परिवारले मिलापत्रमा सहमत नभई थापाविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।