४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्यसम्म

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्यसम्म
तस्बिर:रासस । फाईल फोटो
अ+ अ-

महेन्द्रनगर । हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध भएर देउडा खेल्ने धेरै भेटिन्छन् ।

महेन्द्रनगरको शिवधाम परिसरदेखि धनगढीका विभिन्न स्थानमा अचेल देउडाका पारखी देउडा खेल्दै रमाइरहेका छन् । काँधमा काँध र पैताला मिलाएर खेलिने देउडा सुदूरपश्चिमको पहिचान बनेको छ । देउडामार्फत यहाँ सुखदु:ख, मिलन विछोड तथा मायाप्रीतिका कुरा व्यक्त गर्ने र तालमा ताल मिलाएर देउडा खेल्ने गर्छन् । यहाँका पहाडी समुदायमा जुनसुकै उत्सव र खुसियालीमा देउडा खेल खेल्ने चलन छ ।

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा खप्तड समाजले देउडा प्रदर्शनीको तयारी गरेको छ । समाजका अध्यक्ष एवं भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले समाजको अगुवाइमा महेन्द्र स्मारकमा देउडा प्रदर्शन गरिने बताउनुभयो ।

खड्काले भन्नुभयो–“देउडा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यहाँ देउडा प्रदर्शनी गर्दैै आएका छौंँ ।”

यहाँको बेल्डाडी, दोधारा चादँनी, शुक्लाफाँटा, कृष्णपुरका साथै भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा हरेक साझँ देउडा खेलिरहेका प्रशस्तै भेटिन्छन् । आगामी शनिबार कञ्चनपुर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले समेत महेन्द्रनगरमा बृहत खुल्ला देउडा तथा श्रष्टा सम्मान आयोजना गर्दैछ । प्रतिष्ठानका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ले सुदूरको मौलिक कला, संस्कृतिको पर्वद्धनका लागि देउडा कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहभागी हुने बताइएको छ ।

“देउडा सुदूरको विशिष्टिकृत पहिचान हो, देउडाले सुदूरलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको छ”, गायक धामीले भन्नुभयो–“भारतका विभिन्न स्थानदेखि अमेरिकासम्म सुदूरपश्चिमेलीले गौरामा देउडा खेलेर रमाइलो गरेका दृष्य सामाजिक सञ्जालमा देख्दा मन आनन्दित बन्यो ।”

महेन्द्रनगरका साहित्कार हेमबाबु लेखक देउडा हरेक उत्सवमा खेलिँदै आएको बताउनुहुन्छ । “गौरा एउटा उत्सव भएकाले त्यसमा देउडा खेलिन्छ”, उहाँले भन्नुभयो–“ यहाँसँगै भारतको कुमाउँ गडवाल क्षेत्रमासमेत हरेक उत्सवमा देउडा खेल्ने परम्परा छ ।”

सुदूरपश्चिमेली देश–विदेशसमा गौराको अवसरमा देउडा खेलेर रमाउने गरेका छन् । “गौराको अवसरमा देउडा मात्रै आयोजना गरेर गौरा भनेकै देउडा मात्रै हो की भन्ने भ्रम नयाँ पुस्तामा आएकाले यो चिन्ताको विषय बनेको छ”, साहित्यकार लेखकले भन्नुभयो–“गौरा छुट्टै संस्कृति र परम्परा हो ।” उहाँले गौरामा देउडामा रमाए पनि गौराको परम्परागत शैली र विधि अनुसार मनाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

देउडामा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाइरहेका हुन्छन् । देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा भएको र पछिल्लो समय समुद्र पारी पुगेका सुदूरपश्चिमेली पनि यो पर्वलाई उत्सवका रुपमा धुमधामका साथ मनाउन थालेका छन् ।

साहित्यकार कविराज भट्ट देउडालाई लोकवार्ता र लोकनृत्यका रुपमा लिनुहुन्छ । उहाँले सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व तथा पहिचान पनि भएकाले यसको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “प्रदेशमा बिदा दिएर र टुँडिखेलमा गौरामा देउडा खेलेर यसको प्रचारप्रसार हुने भए पनि मौलिक रुपमा गौरा मनाउन नयाँ पुस्तालाई पनि जोड्नुपर्छ”, उहाँले भन्नुभयो–“देउडाप्रति युवा पुस्ता पनि उत्साहित नै देखिन्छ ।”

देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गर्छ । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शिवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ । यहाँ खप्तड समाज, अछाम समाज, महाकाली साहित्य सङ्गम, मन्दिर समितिलगायत सङ्घ/संस्थाले हरेक बर्ष गौरामा देउडा प्रर्दशनी एवं प्रतियोगिता आयोजना गर्दै आएका छन् । रासस