• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

प्रधानमन्त्री दाहाल आफैँ मुलुकमा सामाजिक सद्भाव भड्काउने कार्यमा संलग्न छन्: एमाले



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति संविधान विपरित र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै आपत्ति जनाउनुभएको हो ।

प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उहाँले सो अभिव्यक्तिप्रति निन्दा र भत्र्सना समेत गर्नुभयो । प्रमुख सचेतक गिरीले आपसमा मिलेर बसेका नेपाली समुदायलाई भडकाउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री दाहाल आफैँ संलग्न गरेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय सम्माननीय प्रधानमन्त्रीज्युले जुन प्रकारले अभिव्यक्तिहरु दिनुभएको छ । म जातीय राज्यको पक्षमा छु । तपाईहरु जाग्नुस्, उठ्नुस् । तपाईहरुले मलाई बल दिनुपर्ने बेला आएको छ । बल दिनुस् । म यो मुलुकमा जातीय राज्य स्थापित गर्छु । हाम्रो पार्टीलाई बहुमत दिनुस् । म यो देशमा जातीय राज्य स्थापित गराई छोड्छु जस्ता अभिव्यक्तिहरु निरन्तर रुपमा दिँदै आउनुभएको छ । यो अभिव्यक्ति असंवैधानिक त छँदैछ ।’

‘सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाईबीच आपसमा विद्वेष फैल्याउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिति सृजना गर्ने र मुलुकमा त्रादसीपूर्ण स्थिति सृजना गर्ने काममा स्वयम् प्रधानमन्त्रीले मलजल गर्ने काम गरिरहनुभएको छ । देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्ति यसरी आपसी दाजुभाईहरुको बीचमा विद्वेष र घृणा फैल्याउने काम यो कुनैपनि हालतमा स्वीकार्य छैन सभामुख महोदय । यसमा हामी गम्भिरतापूर्वक आपत्ति व्यक्त गर्न चाहन्छौं । र, यो भनाईको निन्दा पनि गर्न चाहन्छौँ सभामुख महोदय ।’

प्रमुख सचेतक गिरीले सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको जिकिर समेत गर्नुभयो ।