२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्सी टिकाउनको लागि भ्रष्टाचारको फाइल खोलिएको होइन– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी टिकाउनको लागि भ्रष्टाचारको फाइल खोलिएको नभएको स्पष्ट पार्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद असीम शाहले सोधको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकार टिकाउनलाई भ्रष्टाचारको फाइल नखोलेको प्रष्ट पार्नुभएको हो ।

उहाँले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘यी कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। देश र जनतामा राजनीति माथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाषण निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ’, उहाँले भन्नुभयो ।

भुटानी शरणार्थीसहित सबै काण्डमा राज्यले दबाबरहित ढंगले काम गरेको र सरकारको सोहि कामले जनतामा सुशासन सम्भव छ भन्ने नयाँ आशा पलाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिले त्यो सम्बन्धी मुद्दा अदालतमा छ। उचित फैसला गर्छ भन्ने विश्वास लिएको छु। सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार प्रयास गरिएको छ।’

उहाँले कसैलाई बचाउने कसैलाई फसाउने नियतले काम नगरेको बताउदै दोषी नउम्किन र निर्दोष नफसोस् भन्ने ढंगले काम गर्न निर्देशन भएको बताउनुभयो ।