३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘९६औं अस्कर अवार्ड’को लागि नेपाली चलचित्रको आवेदन माग



अ+ अ-

काठमाडौँ। एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो ।

विज्ञप्तिमा एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध भइआएकाले ९६औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् मिति २०८० भदौ २९ गते शुक्रबार दिनको ५ बजेभित्र समितिको सचिवालयमा सम्पर्क गरी दर्ता गराउन आह्वान गरिएको छ ।

सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र सन् २०२२ डिसेम्बर १ तारिख अर्थात् वि।सं। २०७९ असोज १५ गतेभन्दापछि तथा सन् २०८० सेप्टेम्बर ३० तारिख अर्थात् वि.सं. २०८० साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका चलचित्रले मात्र आवेदन दिन सकने बताईएको छ । दरखास्तका साथमा चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर ओटीटीमा रिलिज भएको हो भने सोको प्रमाण, ३५ एम.एम. वा ७० एम.एम.को भिडियो वा २४/४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा, यसैगरी २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा), अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (कथासार0, निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटासम्म स्थिर फोटाहरू, चलचित्र रिलिज हुँदाको एउटा अफिसियल पोस्टर  (600dpi tif format, RGB Color mode, साइज 40″x27”), चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको काठमाडौमा रहेको सचिवालय वा ९८५११४६५२३ मा सम्पर्क गर्न सकिनेछ । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२४ मार्च १० तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९६औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान हुनेछ ।

उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन चलचित्र निर्देशक राजु के।सी।को नेतृत्वमा अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) गठन भएको छ । यो स्वतन्त्र समिति हो ।