१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा १७ वटा भैँसी/पाडा मरे



symbolic picture
अ+ अ-

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परी पल्टिँदा ट्रकमा लोड गरिएका ३६ वटा भैँसी र पाडामध्ये १७ वटा भैँसी र पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।

दुर्घटनामा मानवीय क्षति नभएको र ट्रकमा रहेका १९ वटा भैँसी/पाडा जीवितै रहेको उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको जनाइएको छ । रासस