२१ श्रावण २०८३, बिहीबार
,
Latest
जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणमा यसअघि भएका सहमति कार्यान्वयनमा जोड दिइने छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न आफ्नो चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिइने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे गर्नुभएको प्रश्नमा उहाँले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिनुभयो ।

नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित भएको भन्दै उहाँले भन्नुभयो, “त्यससम्बन्धी मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिने कोसिस हुनेछ ।