६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिरबाट हराएकी बालिका मृत फेला



symbolic picture
अ+ अ-

झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।

आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला सोमबार दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।

रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ । उनको शव सोमबार अपराह्नतिर फेला परेको हो । बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोसमेत जनाएको छ । रासस