४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बडिमालिकाका तीर्थयात्रा सुरु

बडिमालिकाका तीर्थयात्रा सुरु
फाईल फोटो
अ+ अ-

मान्म । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् ।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।

“बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदाइ गरिएको छ”, उहाँले भन्नुभयो, “बडिमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिइन्छ ।”

चतुर्दशीका दिन मुख्य पूजा हुन्छ हुने बडिमालिकामा दुई जना पुजारीले पूजा गर्ने गरेको प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिनुभयो । “यीमध्ये एक जना कालीकोटबाट र अर्का प्रमुख पुजारी बाजुरा जिल्लाका रहनुहुन्छ”, उहाँले भन्नुभयो, “तीर्थालु कालीकोट र बाजुराको बाटो भएर जाने भएकाले कालीकोटको सुरक्षा व्यवस्था कडा पारेका छौँ ।”

बडिमालिका मेला भर्नका लागि तीर्थालु जान थालेको र त्यहाँको सुरक्षा व्यवस्था, स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको टोली पठाइएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो । “बडिमालिका तीर्थयात्राका जानेका लागि नगरपालिकाले सहजीकरण गर्दै त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाइएको छ”, उहाँले भन्नुभयो, “तीर्थयात्राको अवधिभर सुरक्षा व्यवस्था कडा पार्नुका साथै मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको छ ।”

बडिमालिका विषयमा पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतीलाई बोलाएनन् । सतीदेवी दक्ष प्रजापतीको यज्ञास्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा बास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी वेशमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए ।

आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतीदेवीले यज्ञकुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछि महादेव रिसाएर वीरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहसनहस पार्न लगाए ।

त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतीदेवीको मृत शरीर बोकेर पूरा विश्व घुम्न थाले । यसै बेला भगवान् विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए । यसरी ठाउँ ठाउँमा सतीका अङ्ग पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतीका अङ्ग पतन हुँदै (झर्दै) खस्न थालेपछि जहाँ जहाँ सतीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए । यसै क्रममा मल्लागिरि पर्वतमा सतीको बायाँ कुम पतन भयो । त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । यसै स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो । रासस