काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठनद्वाराले सोमबार साँझ कामठाडौँको नयाँ बानेश्वर क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।
पार्टीका भ्रातृ संगठनहरुले गौवंशको हत्याको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । केही दिनअघि धरानमा गोरुको मासु खाएको भिडियो भाइरल भएपछि हिन्दूवादीहरुले त्यसको चर्को विरोध गरेका छन् । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सनातन धर्ममाथिको अतिक्रमणका विरुद्ध आवाज उठाउनु नेपालीको धर्म हो भन्दै सबैलाई जाग्न आह्वान गर्नुभएको छ ।
साथै उहाँले भोलि मंगलबार यस सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने पनि जानकारी दिनुभएको छ ।