४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भुकुटीमण्डपमा ‘नाडा अटो सो २०२३’ हुँदै

भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भुकुटीमण्डपमा ‘नाडा अटो सो २०२३’ हुँदै
अ+ अ-

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ ।

सोमवार नाडाले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने जानकारी दिएको हो । अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको १५ औं संस्करणको टाटा मोटर्स जेनुइन आयलले गर्ने भएको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाको अपेक्षा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष धु्रव थापाले दुई वर्षको कोरोना महामारी र आयात प्रतिवन्धको कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गर्न गइरहेको बताउनु भयो। उहाँले अहिले मुलुकको आर्थिक अवस्थाले नाडा अटो सो गर्ने अनकुल समय नभएको बताउनु भयो ।

उहाँले आर्थिक अवस्था नाजुक भएकाले सवारी साधनहरु बेच्नसक्ने अवस्था नभए पनि व्यवसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको बताउनु भयो। उहाँले लामो समयदेखि नाडा अटो सो मात्रै नभएर अन्य सोहरुलाई पनि असर परिरहेको बताउनु भयो । अध्यक्ष थापाले देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिवन्धका कारण अटो मोबाइल्स व्यवसायी अहिलेको अवस्थामा पुगेको बताउनु भयो । उहाँले करिव डेढ वर्ष यता भन्सारमा हजारौं गाडीहरु थन्किएर बसेको बताउनु भयो ।

उहाँले नेपालीहरुको महानपर्व दशैँ तिहार अगाडि करिव ४० प्रतिशत र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने तथ्याङ्कलाई मध्यनजर गरेर यो वर्ष नाडाले अटो सो गर्न गइरहेको बताउनु भयो। उहाँले अटो सोमा बुकिङ कम हुने शंका भएपनि व्यवस्थापन गर्न नसकने गरी बुकिङ भएको बताउनु भयो। उहाँले काठमाडौं उपत्यकामा व्यवस्थित प्रदर्शनी स्थल नभएको बताउनु भयो। उहाँले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल जरुरी भएको भन्दै भृकुटीमण्डपमा नेपाली तथा आयातित वस्तुहरु प्रदर्शनी गर्न लायक नभएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘दुई वर्षको कोरोना महामारी र आयात प्रतिवन्धको कारण हुन नसकेको नाडा अटो सो नाडाले यो वर्ष गर्दैछौं । यो वर्ष पनि नाडा अटो सो गर्न अनकुल छैन । आर्थिक अवस्था नाजुक छ । सवारी साधनहरु बेच्न सक्ने अवस्था छैन । गाडीहरु अटो सोमा राखे पनि बिक्री नहुने अवस्था छ । यस्तो अवस्थामा नाडा अटो सो गर्नुपर्ला र भन्ने प्रश्नहरु आइरहेको छ । तर अटो प्रदर्शनी नगर्नु भन्दा गर्दा एउटा राम्रो सन्देश जान्छ । लामो समयदेखि नाडा अटो सो मात्रै नभएर अन्य सोहरुलाई पनि असर परेको छ । देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिवन्धका कारण अटो मोबाइल्स व्यवसायी यो अवस्थामा पुगेको छौं ।

करिव डेढ वर्ष भयो भन्सारमा हजारौं गाडीहरु थन्किएर बसेका छन् । नेपालीहरुको महानपर्वहरुको अगाडि करिव ४० प्रतिशत गाडीहरुको बिक्री हुने गरेको र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने गरेको छ । यो तथ्याङ्कलाई मध्ये नजर गरेर यो वर्ष नाडाले अटो सो गर्न गइरहेको छ । अटो सोमा बुकिङ कम हुने शंका थियो तर धेरै बुकिङहरु आयो । हामीले व्यवस्थापन गर्न सकेनौं । काठमाडौं उपत्यकामा व्यवस्थित प्रदर्शनी स्थल छैन । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल जरुरी भएको छ । भृकुटीमण्डपमा नेपाली तथा आयातित वस्तुहरु प्रदर्शनी गर्न लायक स्थल छैन ।’

नाडाले आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिद कर्ताको वित्तीय योजनामा समेत असर गरेको बताएको छ । यस अवस्थामा नाडा अटो सोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठहर छ । नेपाली चाडपर्वको पूर्वसन्ध्यामा आयोजना हुन गइरहेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी र अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने नाडाले विश्वास लिएको छ । प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लक रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमवारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिएको छ । ६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ ।