• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

अफगानिस्तानलाई मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर प्राप्त



काबुल । अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।

अफगानिस्तानलाई खाद्यान्न औषधि तथा अन्य आवश्यक सहयोग जारी रहेको र मंगलबार मात्र ३ करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ ।

अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरुले सहयोग गरिरहेकामा मंगलबार पनि सो सहयोग आएको यहाँको केन्द्रीय बैंक एक  विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ । (रासस-सिन्ह्वा)