२१ मंसिर २०८२, आईतवार
,
Latest
१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छः विप्लव



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको हो । विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताउनु भयो । उहाँले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउनु भयो । उहाँले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ एउटा नौलो खालको जमघट भएको छ । झापा विद्रोहदेखि सुरक्षाकर्मी संघसम्म, जनरलदेखि माओवादीका योद्धा, लडाकुसम्म । पिएलएका पनि यहाँ हुनुहुन्छ । हामी फुटेका पनि यहाँ जुटिसकेका छाँै । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौँ भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं भन्नेपनि । यहाँ झापा आन्दोलनदेखि नौलो जनवाद, समाजवाद ल्याउनका लागि जेलनेल झेल्दै आएका व्यक्तित्वहरुपनि हुनुहुन्छ । यहाँ नेपाल उभिएको जस्तो अनुभुती भएको छ ।

नेपाल दुई वटा छन् । एउटा नेपाल मालिकहरुको अगाडी नाग रकडेर बस्ने मान्छेहरु छन् । दुई कौडीको भिखको लागि देश बेच्न तयार हुने गद्धारहरु पनि छन् । लाचार मान्छेहरुको एउटा पंक्ती छ नेपालमा । देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै कुरा हो । आफ्नो कुर्सी र पदको लागि आमाप्रति गद्धारी गर्ने कलङ्कीत पात्रहरुपनि यहाँ छन् । तर, त्यो होइन । यो कार्यक्रममा नेपालमा स्वर्ग खडा गर्न चाहने मान्छेहरुको पंक्ती छ । हामी नेपाललाई साँच्चीकै सुन्दर र सभ्य देश बनाउन चाहन्छौँ । नेपाली जनताबाट हेर्नुभयो भने त्यो सम्भव छ । तर, त्यसको लागि धेरै कठिनाई संघर्ष गर्नुपर्छ । हाम्रो देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनसक्छौं । देशमाथि हमला हुँदाखेरी वा हस्तक्षप हुँदा एक हुन आवश्यक छ । यो संघर्षको नयाँ मोर्चापनि हो ।

परिस्थितिले नयाँ मोर्चा खडा गर्छ । नेपाललाई भित्रि हृदयदेखि माया गर्ने मानिसहरुको पंक्ति यो कार्यक्रममा छ । कम्युनिष्टहरुले के भनेका छन् भने प्रगतिशील शक्तीसँग मिल्नुपर्छ । नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छ । एमसीसी केवल आर्थिक प्रोजेक्ट होइन । संस्थाको कुरा मात्रै होइन । एमसीसी सैन्य मोर्चा हो । यो नेपालको मोर्चा मात्रै होइन अन्तर्राष्ट्रिय मोर्चाको अँग पनि हो ।’

उहाँले नेपालमा राजनितिक अन्तरबिरोध फेरीएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरीकी साम्राज्यवाद बिरुद्ध रहेको बताउनु भयो । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताउनु भयो ।