४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छः विप्लव

कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छः विप्लव
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको हो । विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताउनु भयो । उहाँले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउनु भयो । उहाँले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ एउटा नौलो खालको जमघट भएको छ । झापा विद्रोहदेखि सुरक्षाकर्मी संघसम्म, जनरलदेखि माओवादीका योद्धा, लडाकुसम्म । पिएलएका पनि यहाँ हुनुहुन्छ । हामी फुटेका पनि यहाँ जुटिसकेका छाँै । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौँ भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं भन्नेपनि । यहाँ झापा आन्दोलनदेखि नौलो जनवाद, समाजवाद ल्याउनका लागि जेलनेल झेल्दै आएका व्यक्तित्वहरुपनि हुनुहुन्छ । यहाँ नेपाल उभिएको जस्तो अनुभुती भएको छ ।

नेपाल दुई वटा छन् । एउटा नेपाल मालिकहरुको अगाडी नाग रकडेर बस्ने मान्छेहरु छन् । दुई कौडीको भिखको लागि देश बेच्न तयार हुने गद्धारहरु पनि छन् । लाचार मान्छेहरुको एउटा पंक्ती छ नेपालमा । देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै कुरा हो । आफ्नो कुर्सी र पदको लागि आमाप्रति गद्धारी गर्ने कलङ्कीत पात्रहरुपनि यहाँ छन् । तर, त्यो होइन । यो कार्यक्रममा नेपालमा स्वर्ग खडा गर्न चाहने मान्छेहरुको पंक्ती छ । हामी नेपाललाई साँच्चीकै सुन्दर र सभ्य देश बनाउन चाहन्छौँ । नेपाली जनताबाट हेर्नुभयो भने त्यो सम्भव छ । तर, त्यसको लागि धेरै कठिनाई संघर्ष गर्नुपर्छ । हाम्रो देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनसक्छौं । देशमाथि हमला हुँदाखेरी वा हस्तक्षप हुँदा एक हुन आवश्यक छ । यो संघर्षको नयाँ मोर्चापनि हो ।

परिस्थितिले नयाँ मोर्चा खडा गर्छ । नेपाललाई भित्रि हृदयदेखि माया गर्ने मानिसहरुको पंक्ति यो कार्यक्रममा छ । कम्युनिष्टहरुले के भनेका छन् भने प्रगतिशील शक्तीसँग मिल्नुपर्छ । नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छ । एमसीसी केवल आर्थिक प्रोजेक्ट होइन । संस्थाको कुरा मात्रै होइन । एमसीसी सैन्य मोर्चा हो । यो नेपालको मोर्चा मात्रै होइन अन्तर्राष्ट्रिय मोर्चाको अँग पनि हो ।’

उहाँले नेपालमा राजनितिक अन्तरबिरोध फेरीएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरीकी साम्राज्यवाद बिरुद्ध रहेको बताउनु भयो । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताउनु भयो ।