१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा उक्रन्छुः सभापति खान



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा लाग्ने बताउनुभएको छ ।

सोमवार समिति सभापतिमा सर्वसहमत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । उहाँले सबै भन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताउनु भयो ।

उहाँले समस्याहरुको अपडेट लिए पश्चात मन्त्री र वा कर्मचारीहरुबाट वा विषयगत समस्याको जरो उखेल्नेतर्फ लाग्ने बताउनु भयो। उहाँले सरकारलाई जवाफदेही,उत्तरदायी र जनता प्रति इमानदारी बनाउने काममा खरो रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले समिति सभापति भएर गल्ती भए सबैले खबदारी गर्न पनि आग्रह गर्नुभयो। उहाँले देश र जनताको लागि समितिबाट गर्ने सक्ने काम गर्ने उद्देश्य लिएर लाग्ने बताउनु भयो ।