२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालपछि अमेरिकामा ‘बगान’



अ+ अ-

काठमाडौँ । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ ।

कलाकारसमेत रहनुभएका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सहर र क्यानाडामा समेत प्रदर्शन तय गरेका छौँ । नेपालमा दर्शकले दिनुभएको प्रतिक्रिया र यहाँ माग भएकाले सानोरूपमा सुरु गरेका छौँ । दर्शकको मागअनुसार सो सङ्ख्या बढ्ने छ ।”

उहाँसँगै अभिनेत्री प्रमिला कार्की र गीतकार सुरेश वाग्ले प्रदर्शनीमा सहभागी भइरहनुभएको छ । चलचित्र र रङगमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसक्नुभएका खनालले यसै चलचित्रमार्फत निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको हो । यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उहाँले बताउनुभयो ।

“मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्गृहीत कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पु¥याउनु पर्छ भन्ने लाग्यो”, निर्देशक खनालले भन्नुभयो, “यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थेँ ।”

आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राख्नुभयो । सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गर्नुभएको छ ।

गीतकार वाग्लेका अनुसार चलचित्र ‘बगान’ मेफिल्ड, ग्रीन्सबोरो, कोलोराडो, टोरोन्टो (क्यानाडा), न्युयोर्क, डलास, ह्युस्टन, अस्टिन, लसएन्जलस, क्यालिफोर्निया, ह्यारिस्वर्ग, एटलान्टालगायतका सहरमा प्रदर्शन हुँदैछ ।

‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समिर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गर्नुभएको छ । रासस