२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डदेखि घनश्यामलाई ओलीको आरोपः खान नपाएर मुख खाली भएपछि यस्तै कुरा गर्छन्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेताहरूका कारण देश कठिन अवस्थामा पुगेको बताएका छन् ।

अध्यक्ष ओलीले पद प्राप्त नभएका कारण उनीहरूले आफूलाई अप्ठ्यारोमा पारेको आरोप लगाउँदै आफूले पार्टीलाई चुनौतीका बीचबाट सही दिशातर्फ ल्याएको बताए ।

काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल र घनश्याम भूसालको नाम लिँदै उनीहरु एकछिन, एकलपल्ट मन्त्री भएन भने बटारिहाल्ने गरेको टिप्पणी गरे ।

‘अहिले पार्टी हामी गर्व गर्नसक्छौँ देश दुनियाँको सारा शक्ति लागेर पार्टीभित्र विचार गर्नु त के हालत थियो । मेरो दाहिनेपट्टी प्रचण्ड। देव्रेपट्टी माधव नेपाल, अलि पल्तिर झलनाथ खनाल, अलि पल्तिर बामदेव गौतम, अलि पल्तिर भीम रावल, अलि पल्तिर घनश्याम भूसाल माथि पुगेपछि प्रायः मान्छेहरू मलाई पुगेन, खान पाइनँ, मुख खालि भयो भने यस्तै कुरा गर्छन् ।’

यस्तै अध्यक्ष ओलीले कार्यकर्ताहरूले त्यस्तो भन्ने नेतालाई ‘तिमीहरूको मुख एकछिन खालि हुन नहुने’ भन्दै सचेत गराउन आग्रह गरे । तल कार्यकर्ता र मतदाता ठीक रहेपनि माथि नेताहरू गलत भएको भन्दै ओलीले त्यसलाई सच्चाउनुपर्ने धारणा राखे ।