९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डदेखि घनश्यामलाई ओलीको आरोपः खान नपाएर मुख खाली भएपछि यस्तै कुरा गर्छन्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेताहरूका कारण देश कठिन अवस्थामा पुगेको बताएका छन् ।

अध्यक्ष ओलीले पद प्राप्त नभएका कारण उनीहरूले आफूलाई अप्ठ्यारोमा पारेको आरोप लगाउँदै आफूले पार्टीलाई चुनौतीका बीचबाट सही दिशातर्फ ल्याएको बताए ।

काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल र घनश्याम भूसालको नाम लिँदै उनीहरु एकछिन, एकलपल्ट मन्त्री भएन भने बटारिहाल्ने गरेको टिप्पणी गरे ।

‘अहिले पार्टी हामी गर्व गर्नसक्छौँ देश दुनियाँको सारा शक्ति लागेर पार्टीभित्र विचार गर्नु त के हालत थियो । मेरो दाहिनेपट्टी प्रचण्ड। देव्रेपट्टी माधव नेपाल, अलि पल्तिर झलनाथ खनाल, अलि पल्तिर बामदेव गौतम, अलि पल्तिर भीम रावल, अलि पल्तिर घनश्याम भूसाल माथि पुगेपछि प्रायः मान्छेहरू मलाई पुगेन, खान पाइनँ, मुख खालि भयो भने यस्तै कुरा गर्छन् ।’

यस्तै अध्यक्ष ओलीले कार्यकर्ताहरूले त्यस्तो भन्ने नेतालाई ‘तिमीहरूको मुख एकछिन खालि हुन नहुने’ भन्दै सचेत गराउन आग्रह गरे । तल कार्यकर्ता र मतदाता ठीक रहेपनि माथि नेताहरू गलत भएको भन्दै ओलीले त्यसलाई सच्चाउनुपर्ने धारणा राखे ।