१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली करिडोर पुन: सञ्चालनमा



अ+ अ-

मान्म । मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो ।

खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । खुलालु पक्की पुलको बायाँतर्फको भागमा निकै कठिन भूगोल रहेको कारणले मर्मतका लागि भदौ १ गतेदेखि बन्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिनुभयो ।

“पुलको एकातर्फीको भाग निकै कठिन रहेको थियो”, उहाँले भन्नुभयो, “त्यसको मर्मतका लागि केही दिन कर्णाली करिडोर खुलालु सडक केही दिनका लागि बन्द गरिएको थियो ।” खुलालु पुलको उकालोको जोखिम सडक अहिले डबल कटिङ सकिएकाले सडक सञ्चालनमा आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो । “सडक डिभिजन कार्यालय जुम्लाको अनुरोधमा केही दिन सडक बन्द गरिएको थियो”, उहाँले भन्नुभयो, “अहिले मर्मतको काम सकिएकाले खुल्ला गरिएको छ ।”

सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने र सडक मर्मतको काम सकिएको भएपनि आरसिसी गर्न बाँकी रहेको निर्माण व्यवसायी रुपक आचार्य बताउनुभयो । रासस