२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर १ वडामा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडा कोपुण्डोलले वडावासीहरुको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयहरुलाई समेटी डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण कार्यको थालनी गरेको छ ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मधुकर मणी आचार्यका अनुसार यस स्वास्थ्य प्रोफाइलले जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, ५ वर्ष मुनीका शिशुको विवरण संकलन गर्नुका साथै समग्र वडाको स्वास्थ्य अवस्था चित्रण गर्न सकिने जनाउनु भएको छ ।

ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारले विशेष गरी ६८ वर्षमाथिका जेष्ठ वडावासीहरुलाई निमोनिया विरुद्धको खोप सुनिश्चित गर्न, बालबालिकामा खोप, पोषणको अवस्था पत्ता लगाउन, सुत्केरी र गर्भवती महिलाहरुलाई लक्षित गरी सुरक्षित मातृत्व कार्यक्रम सफल पार्नको लागि यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

स्वास्थ्य संयोजक समेत रहनु भएका वडा सदस्य कृष्ण महर्जनले पहिलो चरणमा स्वास्थ्य स्वयम्सेवकीकाहरुले स्थायी बासिन्दा, बहालमा बस्ने परिवार र व्यवसायीहरुको घरमा सर्भेमा गर्नुहुनेछ यस लगतै चिकित्सक सहित स्वास्थ्यकर्मीबाट घरदैलो स्क्रीनिङ्ग सेवा सुरु गरिने बताउनु भएको छ ।

डिजिटल स्वास्थ्य प्रोफाइलको सफ्टवेयर निमार्ण, सर्वेक्षण व्यवस्थापन लगायतका प्राविधिक कार्यको जिम्मेवारी क्रिजम्याटिक डिजिटल सोलुसन प्रा.लि. ले लिएको छ ।

स्वास्थ्य सेवाको भावी कार्ययोजना बनाउनको साथै स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्नको लागि वडाले विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।

टेकु अस्पतालको सुलभ दररेटमा दैनिक ल्याब सेवा सञ्चालन गर्दा ललितपुर महानगरपालिका १ वडावासी मात्र नभई छिमेकी वडा र काठमाडौं महानगरपालिकाका वासिन्दाहरुले समेत लाभ लिन थालेका छन् ।