२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य समितिको सभापतिमा जनमतका खान निर्विरोध निर्वाचित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार भएको समितिको सभापतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान निर्विरोध निर्वाचित भएका हुन् ।

आइतबार संसद्को १० वटा संसदीय समितिहरुको सभापतिको लागि मनोनयन दर्ता भएकामा अन्य ९ वटा समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो ।

उद्योग समितिमा भने दुई जनाको उम्मेदवारी परेपछि सोमबार निर्वाचन हुने अपेक्षा गरिएको थियो । तर रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान पनि निर्विरोध भएका हुन् ।