• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला

क्रिकेट इतिहासमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्डको प्रयोग



एजेन्सी । क्रिकेटमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्ड देखाइएको छ । यो कार्ड क्यारेबियन प्रिमियर (सिपिएल) लिगमा देखाइएको हो । आइतबार त्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबीचको खेल थियो ।

पहिले फिल्डिङ गर्ने टोली राइडर्सले रातो कार्ड पायो । राइडर्सले अन्तिम तीन ओभरमा ढिलो बलिङ गरेपछि आवश्यक ओभर रेटमा धेरै पछाडि थियो ।

जसका कारण १९ औं ओभरपछि अम्पायरले टोलीलाई रातो कार्ड देखाएका थिए । राइडर्सका कप्तान पोलार्डले अन्तिम ओभरमा स्पिनर सुनिल नारायणलाई मैदानबाट बाहिर पठाए । त्यसपछि नारायणले आफ्नो ४ ओभर पूरा गरिसकेका थिए ।अन्तिम ओभरमा १० खेलाडी मात्रै मैदानमा उत्रेका थिए ।

खेलपछि नाइट राइडर्सका कप्तान पोलार्डले रातो कार्डको नियमलाई ‘बिलकुलै हास्यास्पद’ भनेका छन् । पोलार्डले आफ्नो सीमित फिल्डिङ विकल्पहरू परिवर्तन गर्दै नारायणलाई फिल्ड छोड्न भने, जसले आफ्नो चार ओभरको स्पेल २४ रन खर्चेर तिन विकेट लिई पूरा गरेका थिए ।

नियम अनुसार टी–२० क्रिकेटमा एक इनिङ ८५ मिनेटको हुन्छ । १७ औं ओभर ७२ मिनेट १५ सेकेन्डमा, १८ औं ओभर ७६ मिनेट ३० सेकेन्डमा, १९ औं ओभर ८० मिनेट ४५ सेकेण्डमा र २० औं ओभर ८५ मिनेटमा पूरा गर्नुपर्नेछ । सीपीएलका अधिकारीले भने, ‘हामी आफ्नो नयाँ सिजनमा नजर राख्नेछौँ र खेलको प्रत्येक इनिङ निर्धारित समयमा समाप्त गर्ने प्रयास गर्नेछौँ ।’

स्लो ओभर रेटका कारण रातो कार्ड देखाइएको क्रिकेटमा यो पहिलो पटक हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायर बिली बाउडेनले सन् २००५ मा न्युजिल्यान्डविरुद्धको टी–२० खेलमा अण्डरआर्म बल हान्दा अस्ट्रेलियाका बलर ग्लेन म्याकग्रालाई रातो कार्ड देखाएका थिए ।