४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

क्रिकेट इतिहासमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्डको प्रयोग

क्रिकेट इतिहासमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्डको प्रयोग
अ+ अ-

एजेन्सी । क्रिकेटमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्ड देखाइएको छ । यो कार्ड क्यारेबियन प्रिमियर (सिपिएल) लिगमा देखाइएको हो । आइतबार त्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबीचको खेल थियो ।

पहिले फिल्डिङ गर्ने टोली राइडर्सले रातो कार्ड पायो । राइडर्सले अन्तिम तीन ओभरमा ढिलो बलिङ गरेपछि आवश्यक ओभर रेटमा धेरै पछाडि थियो ।

जसका कारण १९ औं ओभरपछि अम्पायरले टोलीलाई रातो कार्ड देखाएका थिए । राइडर्सका कप्तान पोलार्डले अन्तिम ओभरमा स्पिनर सुनिल नारायणलाई मैदानबाट बाहिर पठाए । त्यसपछि नारायणले आफ्नो ४ ओभर पूरा गरिसकेका थिए ।अन्तिम ओभरमा १० खेलाडी मात्रै मैदानमा उत्रेका थिए ।

खेलपछि नाइट राइडर्सका कप्तान पोलार्डले रातो कार्डको नियमलाई ‘बिलकुलै हास्यास्पद’ भनेका छन् । पोलार्डले आफ्नो सीमित फिल्डिङ विकल्पहरू परिवर्तन गर्दै नारायणलाई फिल्ड छोड्न भने, जसले आफ्नो चार ओभरको स्पेल २४ रन खर्चेर तिन विकेट लिई पूरा गरेका थिए ।

नियम अनुसार टी–२० क्रिकेटमा एक इनिङ ८५ मिनेटको हुन्छ । १७ औं ओभर ७२ मिनेट १५ सेकेन्डमा, १८ औं ओभर ७६ मिनेट ३० सेकेन्डमा, १९ औं ओभर ८० मिनेट ४५ सेकेण्डमा र २० औं ओभर ८५ मिनेटमा पूरा गर्नुपर्नेछ । सीपीएलका अधिकारीले भने, ‘हामी आफ्नो नयाँ सिजनमा नजर राख्नेछौँ र खेलको प्रत्येक इनिङ निर्धारित समयमा समाप्त गर्ने प्रयास गर्नेछौँ ।’

स्लो ओभर रेटका कारण रातो कार्ड देखाइएको क्रिकेटमा यो पहिलो पटक हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायर बिली बाउडेनले सन् २००५ मा न्युजिल्यान्डविरुद्धको टी–२० खेलमा अण्डरआर्म बल हान्दा अस्ट्रेलियाका बलर ग्लेन म्याकग्रालाई रातो कार्ड देखाएका थिए ।