४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गाउँ फर्किएका नेपालको कृषि फार्म

गाउँ फर्किएका नेपालको कृषि फार्म
अ+ अ-

भोजपुर । बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुन:कृषि कर्मका लागि फर्कनुभएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिनुहुन्छ । विसं २०४७ मा विराटनगर बसाइँ जानुभएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किनुभएको थियो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउनुहुन्छ । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फलको खेती गर्दै आउनुभएको छ । ती खेतीबाट नेपालले वार्षिक लाखौंँ रुपैया आम्दानी पनि गरिरहनु भएको छ । किसान नेपाल आफू कागती खेतीको विस्तारमा जुटेको बताउनुहुन्छ ।

कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको विस्तारमा लागेको नेपालले बताउनुभयो । उहाँले लगाएको एक बोट कागतीको बोटमा एक हजारसम्म कागती उत्पादन हुने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन खेतीसमेत गर्दै आउनुभएको छ ।

उहाँले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ । धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको नेपालको भनाइ रहेको छ । करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्दै  आइरहनुभएको छ । करिब हजार बोटले कागतीको फल समेत दिन थालिसकेका छन् ।

“बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबका दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ” सफल किसान नेपालले भन्नुभयो । उहाँले कागतीसँगै ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आउनुभएको छ । किसान नेपालले वार्षिक रु १५ लाख भन्दाबढी आम्दानी गरिरहेको अनुभाव सुनाउनुभयो ।

बसाइँ गइसकेकाले गाउँमा फर्किएर पुन: व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको बताउने नेपालकै प्रेरणाले अहिले अरु किसान पनि पनि ड्रागन फलको खेतीतिर आकर्षित भएका रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताउनुभयो । दाहालले भन्नुभयो, “यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।”

लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागन जस्ता बाली लगाउन सुरु गरेका छन् । खालीखेतीयोग्य जग्गामा किसानले बाँदरले दु:ख नदिने प्रजातीका फलफूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका हुन ।

कागती र ड्रागन खेतीसँगै दूध सङ्कलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरी गाडीमार्फत् दूधलाई सहर पठाउने सोच रहेको नेपालले बताउनुभयो ।

“गाउँगाउँका किसानले उत्पादन गर्ने दूध  सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा सङ्कलन केन्द्र राखेर यसबाट दैनिक सङ्कलन भएको दूध गाडीमार्फत सहर पठाउने योजना बनाएको छु”, नेपालले भन्नुभयो ।

किसान नेपालको प्रेरणाले युवा पुस्तामा पनि कृषि पेसातर्फ मोह बढेको र ड्रागन फलको खेती पनि विस्तार हँुदै गएको युवा व्यवसायी एक्सन राईको भनाइ छ । निरोज कोइराला  रासस