१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भयो: प्रभु साह



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले छोटे राजाहरुले हालीमुहाली गर्दै शासनसत्ता चलाइरहेको आरोप लगाए ।

उनले नेपालमा लोकतन्त्र अझै नआईसकेको बताउदै भने, ‘प्रस्ट देख्न सकिन्छ कि नेपालमा दलका नेता र नेताका आशेपासेहरुको शासन छ । तिनीहरुको हालीमुहाली छ । आम जनता निरीह छन् ।’

उनले देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र भएको टिप्पणी गरे । केही दल र त्यसका आसेपासेहरुले गरेको राज जनताले लाचार भएर हेर्नुपरेको उनको भनाई छ ।

दलीय सिन्डिकेट र दलीय निरंकुशतामा छोटे राजाहरुले रजगज गरिरहेको बताउदै उनले यस्तो खाले शासन प्रणालीबाट नेपालको भविष्य खोज्न नसकिने बताए ।