• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल



चौतारा । जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् ।पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो ।

इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी छन् । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध भक्तजनले चढाउने गर्छन् । विशेषगरी यहाँ जाने भक्तजनले खेतीपातीको राम्रो उब्जनीका लागि कामना गर्दछन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्तिका साथै महिलाले भगवान् शिव जस्तै श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

पाँचपोखरी आसपासका स्थानमा आमायाग्री, ड्रागन गुफा, हबेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाललगायत पर्यटकीयस्थल रहेको वडा नम्बर –३ का वडाअध्यक्ष निमछिरिङ तामाङले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् ।

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेमा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । उक्त कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताउनुभयो ।

योसँगै चौतारा साँगाचोकगढी नगरपालिका–८ मा रहेको रानीपोखरीमा पनी भव्य मेला लाग्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न काठमाडौँको रानीपोखरीको झझल्को दिनेगरी पोखरीसहितको मन्दिर निर्माण गरिएको त्यहाँका वडाध्यक्ष अमृत दँगालले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिका–९, पाँचपोखरी थाङपाल थाउँपालिका–८ र ईन्द्रावती गाउँपालिका–१ को सँगमस्थलमा रहेको नौलिङेश्वर महादेवमा पनी भब्य मेला लाग्ने गरेको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको नौलिङेश्वर महादेवको दर्शन गर्न झाक्रीसहति दर्शाल भक्तजन आउने गरेको स्थानीयवासी किरण तामाङले बताउनुभयो । रासस