४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल

जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल
अ+ अ-

चौतारा । जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् ।पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना–ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो ।

इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी छन् । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध भक्तजनले चढाउने गर्छन् । विशेषगरी यहाँ जाने भक्तजनले खेतीपातीको राम्रो उब्जनीका लागि कामना गर्दछन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्तिका साथै महिलाले भगवान् शिव जस्तै श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

पाँचपोखरी आसपासका स्थानमा आमायाग्री, ड्रागन गुफा, हबेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाललगायत पर्यटकीयस्थल रहेको वडा नम्बर –३ का वडाअध्यक्ष निमछिरिङ तामाङले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् ।

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेमा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । उक्त कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताउनुभयो ।

योसँगै चौतारा साँगाचोकगढी नगरपालिका–८ मा रहेको रानीपोखरीमा पनी भव्य मेला लाग्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न काठमाडौँको रानीपोखरीको झझल्को दिनेगरी पोखरीसहितको मन्दिर निर्माण गरिएको त्यहाँका वडाध्यक्ष अमृत दँगालले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिका–९, पाँचपोखरी थाङपाल थाउँपालिका–८ र ईन्द्रावती गाउँपालिका–१ को सँगमस्थलमा रहेको नौलिङेश्वर महादेवमा पनी भब्य मेला लाग्ने गरेको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको नौलिङेश्वर महादेवको दर्शन गर्न झाक्रीसहति दर्शाल भक्तजन आउने गरेको स्थानीयवासी किरण तामाङले बताउनुभयो । रासस