• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध ★   शासनको मर्यादा र सचिवको पद ! ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरुको गृहमन्त्रीलाई आग्रह ★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला

सन्दर्भ एसिया कपः भारत र पाकिस्तानबीच प्रतिष्ठाको लडाईँ, यस्तो छ दुबै टिमको ‘हिसाबकिताब’



एजेन्सी । विश्वका सबै क्रिकेट फ्यानमध्ये ८५ प्रतिशत एसियामा मात्रै छन् । यस सन्दर्भमा एसियामा दबदबा रहेको टोलीको हैसियत विश्व क्रिकेटमा पनि निकै उच्च रहेको छ । भारत र पाकिस्तानजस्ता एसियाका टोलीले क्रिकेट जगतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

एसिया कप अगस्ट ३० बाट अर्थात् मात्र दुई दिनपछि सुरु हुँदैछ । एसिया कपको नाम आउनेबित्तिकै भारत–पाकिस्तान प्रतिद्वन्द्वको चर्चा पनि बढेको छ । यो प्रतिद्वन्द्वीले क्रिकेट जगतलाई धेरै यादगार पल दिएको छ । यसपटक पनि सेप्टेम्बर २ मा दुवै टोली क्यान्डी मैदानमा आमनेसामने हुँदैछन् ।

दुवै टोली समूह ‘ए’ मा रहेका छन् । यो समूहमा नेपाल पनि रहेको छ । यदि दुवै टोली नेपाललाई पराजित गर्न सफल भए भने सेप्टेम्बर १० मा दर्शकले फेरि एकपटक भारत–पाकिस्तानबीचको खेल हेर्न पाउनेछन् । यसपछि फाइनलमा पनि भारत–पाकिसतानबीच भिडन्त हुनसक्छ ।

एसिया कप १९८४ मा सुरु भएको थियो । पहिलो प्रतियोगिता युएईमा खेलिएको थियो । भारत र पाकिस्तान बाहेक श्रीलंकाले मात्रै यसमा भाग लिएको थियो । प्रतियोगिता त्रि–श्रृङ्खला जस्तै थियो, तर राउण्ड–रोबिन ढाँचामा खेलिएको थियो ।

सबैभन्दा धेरै खेल जित्ने टोलीलाई विजेता घोषित गरियो । पहिलो खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भारतले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

तेस्रो तथा अन्तिम खेल भारत र पाकिस्तानबीच भएको थियो । भारतले पहिले ब्याटिङ गर्दै १८८ रन बनाएको थियो । पाकिस्तानले खेल १० विकेटले जितेको भए टोली च्याम्पियन बन्न सक्थ्यो तर टिम इन्डियाका रोजर बिन्नी र रवि शास्त्रीले ३–३ विकेट लिएपछि पाकिस्तान १३४ रनमा समेटियो । पहिलो एसिया कपमा भारतले पाकिस्तानलाई ५४ रनले पराजित गर्दै ट्रफी आफ्नो कब्जामा पार्यो ।

सन् १९८४ पछि एकदिवसीय एसिया कपमा दुवै टोली १३ पटक आमनेसामने भएका छन् । भारतले ७ पटक र पाकिस्तान ५ पटक विजयी बन्दा एक खेल अनिर्णित रह्यो । विशेष कुरा के छ भने भारतले एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध लगातार ३ खेल जित्न सकेको छैन । त्यसैगरी, सन् १९८८ मा पाकिस्तानसँग हार्दा भारतले २००८ सम्म दोस्रो जितको आकांक्षा राखेको थियो । यसबीच पाकिस्तानले ३ खेल जितेको छ भने एक खेल अनिर्णित रह्यो ।

पछिल्लो पटक दुई टोली २०२२ को टी–२० एसिया कपमा भिडेका थिए । जसमध्ये एउटा खेल भारतले जितेको थियो भने एउटा पाकिस्तानले । यी दुईको अन्तिम भेट सन् २०१८ मा एकदिवसीय एसिया कपमा भएको थियो । यहाँ २ खेल खेलिएका थिए, दुवै पटक भारतले एकतर्फी रूपमा ८ र ९ विकेटले खेल जितेको थियो ।

यस पटक एसिया कप अन्तर्गत भारत र पाकिस्ताले श्रीलंकामा प्रतिस्पर्धा गर्दैछन् । त्यसैले श्रीलंकामा भारत र पाकिस्तानबीचको भिडन्तको बारेमा थोरै चर्चा गरौँ । श्रीलंकामा भएको एसिया कपमा दुवै टोली तीन पटक आमनेसामने भएका छन् । दुवै टोलीले समान एक–एक खेल जित्दा एक खेल भने वर्षाका कारण अनिर्णित रह्यो । खेल २० जुलाई १९९७ मा कोलम्बोको मैदानमा हुने थियो, तर खेल २१ जुलाईमा सारियो । यद्यपि, यस दिन पनि वर्षा भयो र खेल रद्द गर्नुपरेको थियो ।

पछिल्लो पटक दुवै टोली सन् २०१० मा डम्बुलाको मैदानमा भिडेका थिए । यो खेल भारतले एक बल बाँकी रहँदै ३ विकेटले जितेको थियो । यसअघि सन् २००४ मा कोलम्बोमा भएको खेल पाकिस्तानले ५९ रनले जितेको थियो । क्यान्डीको पल्लेकेले मैदानमा दुवै टोली पहिलो पटक एकदिवसीय क्रिकेटमा आमनेसामने हुँदैछन् ।

पाकिस्तानले सन् १९८४ को पहिलो संस्करणदेखि नै एसिया कप खेल्दै आएको छ । सन् १९९० मा भारतमा प्रतियोगिता खेल्दा भारतसँगको राजनीतिक विवादका कारण टोलीले भाग लिएको थिएन । यसबाहेक पाकिस्तानले १२ पटक एकदिवसीय र २ पटक टी–२० एसिया कपमा सहभागिता जनाएको छ । टोली ५ पटक फाइनल पुग्दा २ पटक मात्रै उपाधि जित्न सफल भएको छ । ५ मध्ये ४ पटक टोली एकदिवसीय र एक पटक टी–२० एसिया कपको फाइनलमा पुगेको छ ।

पाकिस्तानले सन् २००० एसिया कपको फाइनलमा श्रीलंकालाई हराएको थियो भने २०१२ को फाइनलमा बंगलादेशलाई पराजित गरेको थियो । सन् २०१२ पछि पाकिस्तानले २०१४ र २०२२ मा श्रीलंकासँग फाइनलमा हार बेहोरेको थियो ।

अर्कोतर्फ भारतले ७ पटक एसिया कप जितेको छ । ६ पटक ओडीआई र एक पटक टी–२० मा टिमले सफलता हात पारेको छ । टोलीले सन् १९८४ को पहिलो संस्करणदेखि नै एसिया कपमा सहभागिता जनाउँदै आएको छ । सन् १९८६ मा श्रीलंकासँगको राजनीतिक विवादका कारण भारतले एसिया कप खेलेको थिएन, किनभने प्रतियोगिता श्रीलंकामा भएको थियो । यस बाहेक भारतले अहिलेसम्म १५ मध्ये १४ पटक भाग लिइसकेको छ भने टोली ९ पटक फाइनलमा पुगेको छ ।

भारतले ९ फाइनलमध्ये ६ पटक उपाधि जितेको छ । जबकि टोलीले सन् १९८४ मा (पहिलो संस्करण) राउण्ड रोबिन जितेर एसिया कपको उपाधि जितेको थियो । भारतले ६ पटक एकदिवसीय र २०१६ मा टी–२० एशिया कपको उपाधि जितेको छ । उसले पछिल्लो पटक २०१८ मा एकदिवसीय एसिया कप जितेको थियो ।

सन् २०२२ मा सुपर–४ चरणमा २ खेल हारेर टोली फाइनलमा पुग्न सकेन । यसपटक सेप्टेम्बर २ मा पाकिस्तानपछि भारतले सेप्टेम्बर ४ मा नेपालसँग समूह चरणको खेल खेल्नेछ ।