४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ललिता निवास प्रकरण: थुनामा रहेका १८ प्रतिवादीको बयान आजबाट

ललिता निवास प्रकरण: थुनामा रहेका १८ प्रतिवादीको बयान आजबाट
अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुद्दा परेकाहरुमा आजबाट बयान सुरु हुँदैछ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले कीर्तेसम्बन्धी मुद्दामा २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । जसमध्ये भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् । उनीहरुको आजबाट बयान सुरु हुने बताईएको छ ।

थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुने बताईएको छ ।

१८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् भने मृत्यु भएका २१ जनासहित ५२ जनाबाट वकिल कार्यालयले जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम सरकारी जग्गा हिनामिना भएको सिआईबीको अनुसन्धान निष्कर्ष छ । पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यविरुद्ध पनि प्रतिवादी कायम गर् िमुद्दा दर्ता गरिएको छ ।